aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः डा. रिजाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छः डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका छन् । “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने । संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए । 

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे । “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उनले भने । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस