एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला इंकका सीईओ एलोन मस्कले ट्वीट गर्दै जागिर छोड्ने बताएका छन् । उनले ट्विटमा जागीर छोडेर पूर्ण रूपमा इन्फ्लोयन्सर बन्न चाहेको बताएकाछन्। एलोन मस्कले हालसम्म कम्पनीको १२ अर्ब डलरको शेयर बेचिसकेका छन् ।
यो ट्विटबाट इलोन मस्कले आफ्नो पद छाड्ने विषयमा गम्भीरतापूर्वक कुरा गरिरहेका छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन । यसअघि पनि उनी विभिन्न ट्वीटमा हल्का मुडमा थिए ।
अमेरिकी एक्सचेन्जको रिपोर्ट अनुसार बिहीबार एलोन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको ९३४,०९१ सेयर बेचेका छन्, । जसको मूल्य लगभग ९६.३ हजार करोड डलर थियो।
प्रतिक्रिया दिनुहोस