aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कांग्रेस महाधिवेशनः बन्दसत्र आजै हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
कांग्रेस महाधिवेशनः बन्दसत्र आजै हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा  आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए । बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस