aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

'आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
'आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी'

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए । 

प्रधानमन्त्री देउवाले भने, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।”

स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गरे । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भने ।

प्रतिक्रिया दिनुहोस