aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कांग्रेसमा मनोनयन दर्ता शुरु, सभापतिदेखि सदस्यहरुसम्मको शुल्क तोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ मंसिर २०७८
कांग्रेसमा मनोनयन दर्ता शुरु, सभापतिदेखि सदस्यहरुसम्मको शुल्क तोकियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेदन तथा मतदान लागि उम्मेदवारको मनोनयन दर्ता शुरु भएको छ । उक्त मतदानमा भाग लिनका लागि कांग्रेसले विभिन्न पदका लागि शुल्क तोकेको छ । जसमा सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ । 

उपसभापति र महामन्त्री पदमा २५–२५ हजार र  सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ । त्यस्तै, केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ । 

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस