aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

हावामा उड्यो अनुशासनको कुरा, असारमा झण्डै २० अर्ब रकमान्तर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
हावामा उड्यो अनुशासनको कुरा, असारमा झण्डै २० अर्ब रकमान्तर

वित्तीय अनुशासनलाई कडाइका साथ पालन गर्ने बताउन्दै आएको सरकारले गत आर्थिक वर्ष २०७५÷७६ को अन्तिम महिना अर्बौं रुपियाँ रकमान्तर सहित रु. २२ अर्ब विभिन्न शीर्षकमा निकासा गरेको छ । बजेटको शीर्षकमा रहेर रु. २ अर्ब ३७ करोड निकासा भएको छ भने शीर्षकबाहिर रहेर रु. १९ अर्ब ६१ करोड ९६ लाख रकमान्तर गरिएको हो ।
सामान्यतया वैशाखपछि रकमान्तर गर्नुलाई महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन विपरीत मान्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष निकाल्ने वासर्षक प्रतिवेदनमा यसरी हुने रकमान्तर नगर्न सुझाव दिने गरेको छ । तर, जुन सरकार र व्यवस्था आए पनि बजेटभन्दा बाहिर रहेर रकमान्तर गर्ने प्रवृति रोेकिएको छैन बढ्दो छ । यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस