aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

व्यवसायीको आन्दोलनले राजस्व प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
व्यवसायीको आन्दोलनले राजस्व प्रभावित


मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको व्यापार / व्यवसाय क्षेत्रको आन्दोलनले देशकै प्रमुख नाका वीरगन्जमा राजस्व र ढुवानीमा नकारात्मक प्रभाव परेको छ ।

सरकारले साउन १ गतेदेखि लागू गरेको विभिन्न करको विरोधमा अहिले उद्योगी व्यवसायी तथा यातायात क्षेत्रको आन्दोलनले अर्थतन्त्रमा नकारात्मक असर पारेको हो ।

सरकारले लागु गरेको सवारी तथा चलानीपत्र निगरानी प्रणाली (भेइकल एण्ड कन्साइन्मेण्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) तथा विभिन्न कर नीतिको विरोधमा उद्योगी व्यवसायी र देशभरका ढुवानी व्यवसायी मालबाहक गाडी थन्क्याएर हड्तालमा उत्रिएका कारण त्यसको प्रत्यक्ष असर राजस्व असुली र सामान ढुवानीमा परेको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस