aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

परम्परागत ठेक्का प्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
परम्परागत ठेक्का प्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री

सुर्खेत । अर्र्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटी अपनाउनु पर्नेमा जानुपर्नेमा जोड दिएका छन । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन ।

 ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमाविकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’

निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामाविकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास उनले व्यक्त गरे ।

यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादनइकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नु पर्नेमा मन्त्री शर्माले जोड दिए । आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आव्हान गर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्री शर्माले भने ‘आजआएर पार्टीले सोहीलाईन लिएकोमा खुशी लागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस