aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भइका हुन । 

प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए। रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिए । 

प्रतिक्रिया दिनुहोस