aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अमेरिकाको भयानक आँधीका कारण सयौंको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
अमेरिकाको भयानक आँधीका कारण सयौंको ज्यान गयो

एजेन्सी । अमेरिकामा शुक्रबार र शनिबार आएको आँधीले ठूलो क्षति पु¥याएको छ । हालसम्म अमेरिकाका ६ राज्यमा ३० भन्दा बढी आँधी आएको छ । विभिन्न क्षेत्रमा सयभन्दा बढीको मृत्यु भएको छ । सयौं घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन । अमेरिकाको केन्टकी राज्यमा नै ८० जनाको मृत्यु भएको र कैयौं अझै पनि भग्नावशेष मुनि पुरिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले संकटकाल घोषणा गरेका छन् ।

हावाहुरीका कारण धेरै ठाउँमा भवनहरु भत्किएका छन् । भग्नावशेष छरिएका छन् । उद्धार टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन् । उद्धार टोलीले हावाहुरीको भग्नावशेषमा फसेकाहरूको लागि प्रार्थना गर्न र क्षतिमा परेकाहरूलाई मद्दत गर्न मानिसहरूलाई अपील गरेको छ ।

सबैभन्दा बढी विनाश मेफिल्डमा भएको छ । जहास हावाहुरीको चक्रवातहरूको ग्राउन्ड शून्य मानिएको छ । मेफिल्डमा एउटा मैनबत्ती कारखाना भत्किँदा १८ जनाको मृत्यु भयो । इलिनोइस राज्यमा अमेजन कम्पनीको एउटा गोदाम भत्किँदा करिब १०० जना कामदार भग्नावशेषमुनि दबिएका छन् । यसबाहेक अर्कान्सासमा एक नर्सिङ होम भवन भत्किँदा २० जना पुरिएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको थियो
 

प्रतिक्रिया दिनुहोस