काठमाडौं । काठमाडौंको धापासिमा रहेको वन्डरल्यान्ड इन्टरनेशनल स्कुलले आयोजना गरेको मोटिभेसन कार्यक्रममा शिक्षक, शिक्षिका र अभिभावक उपस्थिति रहेका थिए । अत्यन्तै रोचक प्रस्तुतिका साथ विद्यार्थीहरुलाई मोटिभेसन दिन सिपालु प्रितम पौडेलको प्रस्तुतीले अभिभावक र शिक्षकहरुको अगाडि निक्कै राम्रो साना साना नानिबाबुहरुलाइ कसरी बोल्ने,पढ्ने र अभिभावकहरुले पनि कसरी प्रस्तुत हुने भन्ने बारे पौडेलले सिकाएका थिए।
के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? घरमा के सिक्ने ? विद्यालयमा कसरी प्रस्तुत हुने ? भन्ने बारे प्रितमले उपस्थितहुनेहरुलाई मोटिभेसन दिएका थिए । अभिभावक र शिक्षकलाई मोटिभेशन दिएका प्रितम पौडेलले वन्डरल्यान्ड इन्टरनेशनल स्कुलका अभिभावकहरुलाई साक्षात्कार गरे । अभिभावहरुको ध्यानाकषण गराउँदै सुरुमै प्रितमले पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्नु पर्ने बताएका थिए ।
नानीबाबुहरुको सबैको सिक्ने क्षेमता र समान हुँदैनन् कोहि छिटै सिक्छन्को । ढिलो यसो हुनुका धेरै कारण मध्य अभिभावकले डरत्रासमा राखेका लबालिकाहरु ढिलो सिक्छन् र खेलको माध्याम वा मनोभावना बमोजिम साथी समान हुर्किएका नानीबाबुहरु पाढाएको पनि छिटो बुझने र छिटो विभिन्न तथ्याङ्कले देखाएकोले नानीबाबुहरुलाईडरबाट मुक्त राख्न पौडेलले आग्रह गरे ।
पौडेलले शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र बिग्रँदो युवापुस्ताका विषयमा बनिरहेको उनले बताएक थिए ।
प्रतिक्रिया दिनुहोस