aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पानीमा पनि हुन्छ यसरी कालोबजारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
पानीमा पनि हुन्छ यसरी कालोबजारी

दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्ने काठमाडौंमा यसको कालोबजारी बढ्दै गएको छ । प्रशोधित पानीको नाममा १ सय २० प्रतिशतसम्म मुनाफा गरी व्यवसायीले ब्रम्हलुट मच्चाइरहेका छन् ।

उत्पादकले ९ रुपैयाँ प्रतिबोतलमा दिने पानी व्यापारीले त्यसको तीन गुणासम्म बढी लिएर बेच्छन् । नौं रुपैयाँमा किनेको पानी व्यापारीले २५ रुपैयाँभन्दा बढी लिने गरेको अनुगमनका क्रममा फेला परेको सरकारी अधिकारीको भनाई छ ।

२० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने कानुन रहेपनि जिम्मेवार निकाय सक्रिय नहुदा कालोबजारी मौलाएको पाइन्छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
   

प्रतिक्रिया दिनुहोस