aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एमालेको केन्द्रीय सदस्य भए दुर्गा प्रसाईं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
एमालेको केन्द्रीय सदस्य भए दुर्गा प्रसाईं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष झापाको विर्तामोडको बीएण्डी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका छन । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४४ बढी केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेका हुन् ।

अन्य केन्द्रीय सदस्हरुमा दल फडेरा, मानवीर राई, ऐन महर, चउमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई उद्धव रेग्मी, बद्रफ न्यौपाने रहेका छन् । 

उनी एमाले केन्द्रीय सदस्यको हैसियतमा गएको असोजमा विधान सम्मेलनमा सहभागी भएका थिए । उनी यसभन्दा पहिला माओवादी केन्द्र निकट मानिन्थे । तर २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रसाईं एमालेतिर लागेका हुन ।

त्यस्तै, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चुडादेव सिंह लामा, विषमलाल अधिकारी, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस