aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आमाकैं संलग्नतामा १२ वर्षीया बालिका १५ दिनसम्म बलात्कृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ साउन २०७६
आमाकैं संलग्नतामा १२ वर्षीया बालिका १५ दिनसम्म बलात्कृत

धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।

भंगह नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीया सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लागे भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समूदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई नै गाली गर्थिन । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायतका अनेककाले धम्की दिने गरेको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस