
देशभरको तथ्यांक हेर्ने हो भने ६ वर्ष अवधिमा २२ हजार ३ सय ७५ जनाको हत्या भएको छ। २०७१ देखि २०७५ सम्म प्रहरीमा दर्ता भई अनुसन्धान भएका यी घटना केलाउँदा ६ सय ८४ जना आफन्तबाटै मारिएको देखिन्छ।
यस्ता घटनामा श्रीमान्ले श्रीमती, श्रीमतीले श्रीमान्, बुवाआमाले छोराछोरी, छोराछोरीरबुहारीले आमाबुवा, सासूससुराको ज्यान लिएका छन्। सौतेनी आमाबाबु, मामा, काकाकाकी, दाजु, बहिनी, देवर, भाउजू, साली, भिनाजु, सासुससुरालगायत सम्बन्धमै घटना भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७० मा ४ हजार ६ सय ८७, २०७१ मा ५ हजार १ सय ७२, २०७२ मा ५ हजार ३ सय ६७, २०७३ मा ५ हजार ९ सय ४, २०७४ मा ६ हजार ४ सय ५ र २०७५ मा ५ हजार ३० जनाको हत्या भयो।
प्रहरीमा दर्ता भएका ज्यानसम्बन्धी घटनामा खुनडाँका, कर्तव्य ज्यान, विष खुवाएर हत्या, गर्भपतन र आत्महत्या गर्न दुरुत्साहन जोडिएको खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस