एजेन्सी । काशी विश्वनाथ मन्दिर कोरिडोरको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार वाराणसी पुगेका छन्। यस अवसरमा काशी विश्वनाथ मन्दिरदेखि गंगाघाट र बनारससम्मका गल्लीहरूमा समाचार एजेन्सीहरू, पत्रिकाहरू र टिभी च्यानलहरूका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर छापिएका छन्।
तर, यी तस्बिरहरूमा एउटा कुरा प्रस्ट देखिन्छ यो शोका नायक प्रधानमन्त्री नरेन्द्र मोदी मात्र हुन्। सोमबार छापिएका सबै पत्रपत्रिकामा पहिलो पृष्ठमा दिइएको विज्ञापनदेखि लिएर मन्दिर परिसरको होर्डिङ्ससम्म प्रधानमन्त्री मोदी मात्रै देखिन्छन् ।
काशी विश्वनाथ मन्दिरमा आरतीदेखि बनारसको घाटसम्म साँघुरो गल्लीहरूमा मोदी मात्रै रहे । तर, कार्यक्रममा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी धेरै ठाउँमा सँगै देखिएका थिए । पत्रपत्रिकामा दिइएको विज्ञापनमा भित्री पानामा योगी आदित्यनाथको नाममा छापिएको थियो तर विज्ञापनमा उनको तस्विर कतै देखिएन ।
समाचार एजेन्सी एएनआईका अनुसार उनले यो परियोजना सन् २०१८ मा सुरु भएको र अहिले पूरा भइरहेको योगीले बताएका छन् ।
उत्तर प्रदेश चुनाव अघि आयोजना हुने शिलान्यास र उद्घाटन सम्बन्धी सबै कार्यक्रमको विज्ञापनमा योगी आदित्यनाथ र पीएम मोदी सँगै देखिने गरेका छन् । डिसेम्बर ११ मा सबै अखबारको पहिलो पृष्ठमा छापिएका पूर्ण पृष्ठका विज्ञापनहरू यसको उदाहरण हुन्, जसमा प्रधानमन्त्री मोदी र योगी सँगै देखिएका थिए।
यो चुनावमा मोदीजी आफ्नो हिन्दुत्व छवि बलियो राख्न चाहन्छन्। र यसमा अरू कसैको हस्तक्षेप चाहँदैनन्। यसअघि मंसिर ७, मंसिर ६, मंसिर २५ र मंसिर १६ गते प्रकाशित पूरा पृष्ठका विज्ञापन पनि त्यसैका उदाहरण हुन् ।
यस्तो अवस्थामा काशी विश्वनाथ मन्दिर करिडोरको विज्ञापनबाट योगी आदित्यनाथको तस्वीर किन गायब भयो भन्ने प्रश्न उठेको छ र भारतीय सञ्चारमाध्यममा यसको ठूलो चर्चा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस