
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभाति शेरबहादुर देउवा विजयी भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानबाट देउवा पुन सभापतिमा निर्वाचित भएका हुन।
मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर भने यनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले १८५५ मत ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारको ५१ प्रतिशत मत नआएकाले दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनमा देउवा र कोइरालासहित पाँच जना सभापतिका उम्मेदावर थिए ।
प्रतिक्रिया दिनुहोस