aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१५४७ जना नयाँ शिक्षकका लागि विज्ञापन खुल्यो(विज्ञापन सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ मंसिर २०७८
१५४७ जना नयाँ शिक्षकका लागि विज्ञापन खुल्यो(विज्ञापन सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले  एक हजार पाँच सय ४७ जना नयाँ शिक्षकका लागि आवेदन माग गरेको छ । आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको हो ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । १८ वर्ष पुगेका र ४० वर्ष उमेर नपुगेका व्यक्तिले दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस