aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

महामन्त्री हार्ने पक्का भएपछि रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
महामन्त्री हार्ने पक्का भएपछि रक्षामन्त्रीबाट राजीनामा दिने रिजालको घोषणा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मन्त्री रिजालले बिहिबार सामाजिक सञ्जाल मार्फत रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्– नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु। 

प्रतिक्रिया दिनुहोस