aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

योगी सरकारले चुनावअघि घोषणा गर्यो ठूलो राहतको प्याकेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
योगी सरकारले चुनावअघि घोषणा गर्यो ठूलो राहतको प्याकेज

एजेन्सी । उत्तर प्रदेशको विधानसभा चुनावअघि योगी सरकारले पूरक बजेटमार्फत नयाँ राहत कार्यक्रम घोषणा गरेको  छ । सरकारले बिहीबार ८ हजार ४७९ करोड रुपैयाँको पूरक बजेट प्रस्तुत गरेको छ । यस बजेटमा २४ सै घण्टा विद्युत् आपूर्ति र काशी विश्वनाथ दर्शनका लागि पनि बजेट विनियोजन गरिएको छ । यससँगै खेलकुद विभागलाई १० करोड रुपैयाँको कोष पनि दिइएको छ ।

२४ सै घण्टा विद्युत् आपूर्तिका लागि पावर कर्पोरेशनलाई १० अर्ब र प्रत्येक घरायसी विद्युत् योजनाका लागि १८५ करोड छुट्टाछुट्टै विनियोजन गरेको छ । भने  काशी विश्वनाथ दर्शनका लागि खेलकुद विभागलाई १०–१० करोड विनियोजन गरेको छ । 

 किसान र वृद्धावस्था निवृत्तिभरणका लागि ६७० करोड रुपैयाँ र सूचना विभागलाई १५० करोड छुट्याएको छ । यसअघि अगस्टमा नै सरकारले ७ हजार ३ सय करोड रुपैयाँको आंशिक बजेट प्रस्तुत गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस