एजेन्सी । भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इन्डिया (एसविआइ) ले निक्षेपको ब्याजदर बढाएको छ । अब बैंकका ग्राहकले ०.१० प्रतिशत बढी ब्याजदर पाउने भएका छन् । नयाँ दर डिसेम्बर १५ गतेदेखि लागू भएको छ ।
बैंकले आफ्नो वेवसाइटमा यो जानकारी दिएको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले सबै बैंकहरूको लागि न्यूनतम दर सेट गर्न निर्देशन दिएको थियो । यसअन्तर्गत सबै बैंकहरूलाई आफ्नो मानक दर प्रयोग गर्न भनिएको छ । रिजर्भ बैंकको यो नयाँ आदेश अनुसार कुनै पनि बैंकले ऋण वा निक्षेपमा सोभन्दा कम दर लागू गर्न पाइने छैन ।
एसबीआइले आफ्नो कर्जाको आधार दर ७.४५ प्रतिशतमा राखेको छ । योभन्दा कम ब्याजदरमा ऋण दिन पाइँदैन । यस बैंकले दुई करोडभन्दा माथिको निक्षेपको ब्याजदर पनि बढाएको छ । यी नयाँ दरहरू नयाँ र नवीकरण निक्षेपहरूमा लागू हुनेछन् । नयाँ दरअनुसार ७ देखि ४५ दिनको निक्षेपमा पहिले २ दशमलव ९० प्रतिशतको ब्याजदर ३ प्रतिशत हुनेछ ।
ज्येष्ठ नागरिकका लागि यो पहिले ३.४० प्रतिशतबाट बढेर ३.५० प्रतिशत हुने भएको छ । २११ दिन र एक वर्षभन्दा कमको निक्षेप ३.१० प्रतिशतको ब्याज रहने छ । पहिले ३ प्रतिशत थियो । २ वर्षदेखि १० वर्षसम्मको निक्षेपमा पनि ग्राहकले ३.१० प्रतिशत मात्रै ब्याज पाउनेछन् । एसबीआइले बैंकिङ उद्योगमा निक्षेपमा सबैभन्दा कम ब्याज दर प्रदान गर्ने बैंकमध्ये पर्छ । डिसेम्बर ८ मा भएको नीतिगत बैठकमा रिजर्भ बैंकले ब्याजदर परिवर्तन गरेको छैन ।
बजाज फाइनान्सको २ वर्षे निक्षेपमा ६.४ प्रतिशत ब्याज पाइने छ । पहिले यो ६.१ प्रतिशत थियो। ३ र ५ वर्षको निक्षेपमा ६.८ प्रतिशत ब्याज उपलब्ध हुनेछ । यसअघि ६ दशमलव ५ प्रतिशत ब्याजदर थियो ।
ज्म्ँऋ एचडीएफसी लिमिटेडले २–वर्षको निक्षेपमा ५.८५ प्रतिशत, ३–वर्षको निक्षेपमा ६.१ प्रतिशत र ६–वर्षको निक्षेपमा ६.५ प्रतिशत ब्याज पाउनेछ । यसमा अहिलेसम्म ३ वर्ष र ५ वर्षको निक्षेपमा ६ दशमलव ५ प्रतिशत ब्याज उपलब्ध थियो ।
प्रतिक्रिया दिनुहोस