एजेन्सी । अमेरिकी स्टार्टअप कम्पनी क्वान्टमसस्केप कर्प भारतीय मूलका सीईओ जगदीप सिंहले एलोन मस्क जस्तै ठूलो प्याकेज पाएका छन् । प्रोक्सी एडभाइजरी फर्म ग्लास लुइसका अनुसार ब्याट्री निर्माता क्वान्टमस्केपले आफ्नो लक्ष्यहरू पूरा जगदीप सिंहलाई २.३ बिलियनको स्टक विकल्पहरू पाएका छन । कम्पनीको बुधबार बसेको शेयरधनीहरुको बैठकले अर्बौं डलरको तलब प्याकेज स्वीकृत गरेको हो ।
स्टक विकल्प भनेको कम्पनीको कर्मचारीलाई बजार मूल्यभन्दा धेरै कम मूल्यमा शेयर किन्नको लागि प्रस्ताव हो । यी शेयरहरू सस्तो मूल्यमा खरिद गरेपछि कर्मचारीले सर्तअनुसार बिक्री गरी नाफा कमाउन सक्नेछन् । त्यस्तै समान स्टक विकल्प (२.३ बिलियन टेस्ला सीईओ एलोन मस्कलाई २०१८ मा क्षतिपूर्ति प्याकेजको रूपमा दिइएको थियो ।
टेस्लाको सफलतापछि स्टार्टअप कम्पनीहरूमा मोटो तलब प्याकेज दिने चलन बढेको छ । तर, सिंहले पाउने प्याकेजलाई लिएर विरोधको आवाज पनि सुनिन थालेको छ । यद्यपि, क्वान्टमस्केपले आफ्नो सीईओको लागि यो प्याकेजको बचाउ गर्दै भनेका छन, ‘हामी कठिन लक्ष्यहरू सेट गर्नमा विश्वास गर्छौं र त्यसपछि ती हासिल गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गर्दछौं ।’
बिल गेट्सको भेन्चर फन्ड र फक्सवागन एजीले पनि क्वान्टमस्केपमा लगानी गरेका छन् । क्वान्टमस्केपले विश्वभर विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्रता दिन नयाँ पुस्ताको प्रविधिमा काम गरिरहेको छ । गत वर्ष सेप्टेम्बरमा क्वान्टमस्केपले लिथियम धातु ब्याट्रीहरू बनाएको दावी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस