aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार  जनाएको छ ।

‘बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभयो । जसले ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने अधिकार प्रदान गर्दछ’, ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ। 

प्रतिक्रिया दिनुहोस