aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चिनियाँ रियल इस्टेट कम्पनीको करोडौं डलर लिएर एक कम्पनी बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
चिनियाँ रियल इस्टेट कम्पनीको करोडौं डलर लिएर एक कम्पनी बेपत्ता

एजेन्सी । चीनको सबैभन्दा ठूलो घरजग्गा विकासकर्ता कम्पनीले आफ्नो सम्पत्ति ब्यवस्थापकसँग सम्पर्क गुमाएको बताएको  ।  जसको कम्पनीमा ३१३ मिलियन डलर रहेको थियो । जसले सम्पत्ति प्रबन्धक कम्पनीलाई लगानी सल्लाह प्रदान गर्न जिम्मेवारी रहेको थियो । 

चाइना फर्च्युन ल्यान्ड डेभलपमेन्टले ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको चाइना क्रिएट क्यापिटलले आफ्नो तर्फबाट लगानी गरेको जनाएको छ । फर्च्युन ल्यान्डले यस विषयमा बेइजिङ प्रहरीलाई जानकारी दिएको छ । यसै महिना कम्पनीले अर्बौं डलरको ऋणपत्रमा चुक्ता गरेको कर्जाको पुनर्संरचनाको जानकारी दिएको थियो ।

यस हप्ता सांघाई स्टक एक्सचेन्जमा दायर गरिएको कागजात अनुसार, २०१८ मा फर्च्युन ल्यान्डलको विदेशी शाखाहरूमध्ये एकले विङसकिङगो लि नामक कम्पनीबाट लगानी व्यवस्थापन सेवाहरू प्राप्त गर्न सम्झौता गरेको थियो । 

दस्तावेजका अनुसार फर्च्युन ल्यान्डले विङस्केन्गो लिमिटेडलाई ३१ करोड ३० लाख डलर चाइना क्रिएट क्यापिटलमा पठाएको थियो । फर्च्युन ल्यान्डले सन् २०२२ को अन्त्यमा सम्झौता सम्पन्न नभएसम्म लगानीबाट ७ देखि १० प्रतिशत वार्षिक ब्याजदर हुने अपेक्षा गरेको थियो ।

कम्पनीले अब क्रिएट क्यापिटलसँग सम्पर्क गर्न नसकेको जनाएको छ । यो पैसाले उसको वर्तमान र भविष्यको नाफालाई कसरी असर गर्छ भनेर उनीसँग पत्ता लगाउने कुनै तरिका नभएको समेत जनाएको छ ।

चीनको घरजग्गा उद्योग ऋण संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा देशका अन्य ठूला घरजग्गा कम्पनीजस्तै फर्च्युन ल्याण्डको शेयर पनि पछिल्ला महिनामा घटेको छ । यसको सांघाई–सूचीकृत शेयरहरूले आफ्नो वित्तीय दायित्वहरू पूरा नगरेको कारणले यस वर्ष तिनीहरूको मूल्यको ७० प्रतिशतभन्दा बढी गुमाएको छन ।

यद्यपि, फर्च्यून ल्याण्डले यस महिनाको सुरुमा ऋणीहरूको समूहले ऋण पुनर्संरचना योजना स्वीकृत गरेको बताएको थियो । यसबाट ऋणमा डुबेको कम्पनीले राहतको पाउने आश गरिएको थियो ।

फर्च्युन ल्यान्ड चीनको घरजग्गा विकासकर्ताहरूमध्ये एक हो । जुन यस क्षेत्रमा अत्यधिक ऋणमा ठूलो सरकारी क्र्याकडाउनका कारण गत वर्ष दबाबमा परेको थियो । यस क्षेत्रको विशाल एभरग्रान्डको करिब ३०० अर्ब डलर ऋण छ । यो ऋणमा सबैभन्दा उच्च प्रोफाइल कम्पनी भएको छ ।  हालै केही विदेशी ऋणको ब्याज तिर्न सक्षम छैन ।
 

प्रतिक्रिया दिनुहोस