aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सेमिकन्डक्टर चिप्सको अभाव किन भयो ? आक्रमक रुपमा चिप्समा किन लगानी गर्दै छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
सेमिकन्डक्टर चिप्सको अभाव किन भयो ? आक्रमक रुपमा चिप्समा किन लगानी गर्दै छन ?

एजेन्सी । विश्वभर सेमिकन्डक्टर चिप्सको अभाव कोरोनाका कारण भएको लकडाउनपछि मात्रै शुरु भएको हो ।  विद्युतीय कार डेलिभरी ढिलादेखि महँगो स्मार्टफोनसम्म  यसको असर परेको छ ।  

विद्यतीय लगायत अटोमोबाइलहरूमा चिप्समा बढ्दो रूपमा निर्भर भएका भइरहेका छन्  । गाडीहरुको इन्जिनहरूको कम्प्युटर व्यवस्थापनदेखि लिएर राम्रो इन्धन अर्थव्यवस्थाको लागि यो सेमीकन्डक्टर माइक्रो चिप्सको प्रयोग हुने गरेको छ । साथै चालक–सहायता गर्न आपातकालीन ब्रेकिङ जस्ता सबै कुराको लागि सेमीकन्डक्टर चिप्स प्रयोग गर्ने गरिएको छ । 

माइक्रो चिप्स कारखानाहरू निर्माण गर्न करोडौं डलर खर्च लाग्ने गरेको छ । तिनीहरूको क्षमता विस्तार गर्न जटिल उपकरणहरूको परीक्षण र योग्यताको लागि एक वर्ष लाग्न सक्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा सुपरचार्ज चिप उत्पादन गर्न कानून बनाउनको लागि ३७ बिलियन डलरको कोष मागेका छन् । 

हाल, अमेरिकामा चारवटा यस्तो चिप्स उत्पादन गर्ने नयाँ कारखानाहरू छन् । दुईवटा इन्टेल कर्पोरेशन, एरिजोनामा टीएसएमसी र अर्को टेक्सासमा स्यासुङ रहेका छन । चीनले पश्चिमी प्रविधिमा आफ्नो निर्भरता कम गर्ने प्रयास गर्दै चिप उद्योगलाई असंख्य सब्सिडीहरू पनि प्रस्ताव गरेको छ । चिप्सको संकटका कारण धेरैलाई कम नाफा कमाउने सवारी साधनको उत्पादन कटौती गर्न बाध्य बनाएको छन । जस्तै, जनरल मोटर्स कम्पनी र फोर्ड मोटर ठूला कार निर्माताहरू हुन् । जसले उत्पादन घटाउने र फक्सवागन एजी, सुबारु कर्पोरेशन, टोयोटा मोटर कर्प र निसान मोटर कम्पनी लगायत अन्य अटोमेकरहरू छन । 

अटो सेमीकन्डक्टर चिप्सको कमीले पहिलो त्रैमासिकमा विश्वव्यापी लाइट सावारी साधन उत्पादनको लगभग १.३ मिलियन इकाईलाई असर गर्न सक्ने अनुमान गरिएको छ । आइएचएसले कारहरूमा प्रयोग हुने माइक्रोकन्ट्रोलर इकाइहरूको लागि विश्वव्यापी बजारको ३० प्रतिशत हिस्सा ओगट्ने रेनेसास इलेक्ट्रोनिक्स कर्पोरेशनको स्वामित्वमा रहेको जापानी चिप कारखानामा आगलागी हुँदा स्थिति झन् खराब भएको हो ।

टेक्सासको कडा जाडो मौसमले सामसुङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड, एनएक्सपी सेमिकन्डक्टर्स र इन्फिनोनलाई कारखानाहरू अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छन । वास्तवमा, लकडाउनका कारण उत्पादनहरूको माग कम थियो । जसका कारण चिप्सको उत्पादन पनि घटेको थियो । लकडाउन खुलेसँगै विद्युतीय वस्तुको माग बढ्न थालेको छ ।

मागमा अचानक भएको वृद्धिले माग–आपूर्तिको अन्तरलाई फराकिलो बनायो, परिणामस्वरूप चिपको कमी सन् २०२२ सम्म जारी रहने आशंका गरिएको छ । यो चिपले इलेक्ट्रोनिक वस्तुलाई स्वचालित रूपमा सञ्चालन गर्न मद्दत गर्छ । अहिले सेमीकन्डक्टरको अभावका कारण उद्योगले ठूलो घाटा बेहोर्नु परेको छ । जसका कारण इलेक्ट्रोनिक्सदेखि अटोमोबाइलसम्म सबै महँगो भएको छ । 

अहिले भारतमा चिप्स उत्पादन नहुँदा सेमीकन्डक्टर सामग्री करिब १.७६ लाख करोड रुपैयाँ आयात गरिरहेको छ ।  यो सन् २०२५ सम्ममा आयात बढेर ७.५ लाख करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 

त्यसैले भारतमा पनि सेमीकन्डक्टर चिप्स स्वदेशमै उत्पादन भएमा आयातमा भर पर्नु नपर्ने भन्दै ठूलो निर्णय गरेको छ । भारतमा देशमा सेमीकन्डक्टर चिप्सको अभावलाई हटाउन सरकारले ७६,००० करोड भारुको महत्वाकांक्षी योजना स्वीकृत गरेको छ । यसअन्तर्गत आगामी ६ वर्षभित्र देशमा सेमिकन्डक्टर चिप्सको इकोसिस्टम बनाइने उल्लेख छ । यसमा सेमीकन्डक्टर डिजाइन, कम्पोनेन्ट्स निर्माण र डिस्प्ले फेब्रिकेसन युनिट स्थापना गर्ने भनिएको छ । 

प्रतिक्रिया दिनुहोस