aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

क्रिप्टोकरेन्सीमा लगानी गर्ने सावधान ! आधा मिलियनको क्रिप्टोकरेन्सी चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ पुस २०७८
क्रिप्टोकरेन्सीमा लगानी गर्ने सावधान ! आधा मिलियनको क्रिप्टोकरेन्सी चोरी

एजेन्सी । क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरु सावधान हुन पर्ने बेला भएको छ । वास्तवमा, क्रिप्टोकरेन्सीको बारेमा बजारमा नयाँ चोरीका घटनाहरु आइरहेका छन् । जसले क्रिप्टोकरेन्सी लगानीलाई हानि पु¥याउन सक्छ । साइबर सेक्युरिटी फर्म चेक प्वाइन्ट रिसर्चले यसबारे जानकारी दिएको छ । सुरक्षा फर्ममा नयाँ बोटनेट संस्करण ट्विष्ट रिपोर्ट गरिएको छ ।

 रिपोर्टका अनुसार यसले करिब आधा मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको छ । यसका लागि क्रिप्टो क्लिपिङ प्रविधि प्रयोग गरिएको थियो । यो घोटालाले भारत, इथियोपिया र नाइजेरियाका क्रिप्टो व्यापारीहरूलाई लक्षित रहेको देखिएको छ । 

 ट्विष्ट फोर्निपेक्स बोटनेटको दोस्रो संस्करण हो । ट्विष्टले क्रिप्टोकरेन्सी चोर्नको लागि आक्रमणकारीले वालेट ठेगानालाई लक्षित वालेट ठेगानालाई स्वतः बदल्ने गरेको देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस