aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

असारे विकासको उत्कृष्ट उदाहरण, तटबन्धको जालीमा प्वालभन्दा साना ढुंगा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
असारे विकासको उत्कृष्ट उदाहरण, तटबन्धको जालीमा प्वालभन्दा साना ढुंगा

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले लेकबेसी नगरपालिका ३ र ४ मा पर्ने कागते खोला तटबन्धका लागि टिपिओटी निर्माण सेवासँग जेठ २ गते सम्झौता गर्यो ।

सम्झौता अनुसार असार मसान्तभित्र चार सय १३ जाली राखेर एक सय ७१ मिटर लम्बाइका तटबन्ध निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले खोलामा तीन सय ३९ वटामात्रै जाली भरेर २० लाख ६४ हजार एक सय चार रुपैयाँ भुक्तानी लगिसकेको छ ।

त्यसमाथि पनि गुणस्तरहीन काम भएको स्थानीयको आशंका छ । उनीहरुले मसिना ढुंगा र माटो भरेर तटबन्ध निर्माण गरिएको भन्दै विरोध सुरु गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस