aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेपालमा अहिले १४६ देशका नागरिक बस्दैछन्, सबैभन्दा बढी चिनियाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
नेपालमा अहिले १४६ देशका नागरिक बस्दैछन्, सबैभन्दा बढी चिनियाँ

काठमाडौं । हाल नेपालमा १३ हजार ८ सय ५९ विदेशी नागरिकहरु रहेका छन् । अध्यागमन विभागका अनुसार १४६ वटा देशका विदेशी नागरिकहरु नेपालमा छन् । जसमध्ये अमेरिकाका ३५ सय जना, चिनका १ हजार ९३५, बेलायत का १ हजार ५१८, जर्मनी १३ सय ३५, अष्ट्रेलियाका ७६३, बंगलादेशका ७४३,पोर्चुगलका ४३७, क्यानडा ३९३, फ्रान्स ३८० जना रहेका अध्यागनम विभागले जनाएको छ ।
  
नेपालीका लागि दोहोरो नागरिकताको लागि कुनै कानुनी व्यवस्था छैन । कसैले दोहोरो नागरिकता लिएको पाइएमा कानुनी प्रक्रियामा गइ नागरिकता परित्याग गर्न लगाइने अध्यागमन विभागका निर्देशक मुकेशकुमार केशरीले बताए । उनले भने, ‘नेपालमा दोहोरो नागरिकता लिन कुनै कानुनी व्यवस्था छैन । कसैले दोहोरो नागरिकता लिएको पाइएमा त्यही अनुसार कानुनी प्रक्रियामा गइ नागरिकता परित्याग गर्न लगाउँछौ ।’ 

एक आर्थिक वर्षमा टुरिष्ट भिसामा १५० दिनसम्म विदेशीहरु नेपालमा बस्न पाउँने उनले बताए । उनका अनुसार एक आर्थिक वर्षमा टुरिष्ट भिसामा नेपाल आउने विदेशी नागरिकहरु १५० दिनसम्म बस्न पाउँछन् । 

त्यसैगरी वैवाहिक भिसा, व्यापार भिसाका लागि भने एक वर्षको समय दिने गरेको उनले बताए । उनले भने,‘वैवाहिक भिसा र व्यापार भिसाका लागि भने एक वर्षको समय दिने गरेका छौ ।’ विद्यार्थी भिसाका लागि एक वर्षको म्याद दिए पनिपछि फेरी समय थप गर्ने व्यवस्था रहेको उनले जानकारी दिए । सबै देशका नागरिकका लागि एउटै नियम लागू हुने उनले बताए । 

गैरकानुनी रुपमा रहेका नागरिकलाई भने अध्यागमन ऐन अनुसार ५० हजार जरिवाना र ५ वर्ष सम्म कैद हुने उनले जानकारी दिए । नेपाल सरकारले ११ वटा देशका विदेशी नागरिकहरुलाई भने अन अराइभल भिसादिएको छैन । अन अराइभल भिसा नपाउने देशहरु अफगानिस्तान, क्यामरोन,इथोपिया,घाना, इराक लिबरिया, नाइजेरिया, सिरिया, पेलेस्टाइन,सोमालिया,स्विजरल्यान्ड र जिम्बाबे रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस