aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

इलोन मस्कले अहिलेसमकै धेरै कर तिर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
इलोन मस्कले अहिलेसमकै धेरै कर तिर्दै

एजेन्सी । विश्वका धनी व्यक्तिहरूमध्ये एक र इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन  मस्कले यस वर्ष आफूले ११ अर्ब डलरभन्दा बढी कर तिर्ने ट्वीटरमा बताएका छन् ।

यस हप्ताको सुरुमा डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले ट्विटरमा एलोन मस्कलाई टाइम पत्रिकाले ’पर्सन अफ द इयर’ घोषित गरेपछि कर तिर्नु पर्ने बताएको थियो । एलोन मस्कले इतिहासमा अन्य कुनै पनि अमेरिकीभन्दा बढी कर तिर्ने बताएका छन् ।

 एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् र उनको कम्पनी टेस्लाको मूल्य लगभग १ ट्रिलियन डलर छ । पछिल्ला केही हप्ताहरूमा, इलोन मस्कले टेस्लामा आफ्नो १४ बिलियन डलरको शेयर बेचिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस