aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

८ महिनाकी गर्भवती किशोरी काकाद्वारा बलात्कृत भएको खुलेपछि .....

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
८ महिनाकी गर्भवती किशोरी काकाद्वारा बलात्कृत भएको खुलेपछि .....

खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा पाएपछि प्रहरीले २२ वर्षीया एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाकी गर्भवती छिन् । सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीका लागि युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

पक्राउ परेका युवकले आफ्नै जेठा दाजुकी छोरीलाई बलात्कार गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पीडकले आफ्नो अपराध स्वीकार गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस