aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत

काठमाडौं । प्रदेश सरकारले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरुले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ ।


प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम आर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।

खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ । विनियोजित पुँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा कर्णाली प्रदेश छ । 

कर्णालीले गत वर्ष २१ अर्ब २४ करोड ४३ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । यसको करिब २५ प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भयो । यो समाचार कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस