aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

कांग्रेस महाधिवेशन : मुस्लिमको मत परिणाम सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
कांग्रेस महाधिवेशन : मुस्लिमको मत परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी भएका हुन ।

अकिल मिया (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३) र सलाउ द्दिन मिया (१६८) मत प्राप्त गरेका केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००) मत ल्याई विजयी भएका छन । सो प्रतिस्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३) र सनम बेगम (१४६) मत प्राप्त गरेका छन । 

प्रतिक्रिया दिनुहोस