काठमाडौं । शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षकको भ्याकेन्सी खुलाउँदै आवेदन माग गरेको छ । आयोगले बुधबार आफ्नो वेबसाइटमा शिक्षक माग गरेको सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।
नेपाली विषयमा ४३७ जना, अंग्रेजी विषयलाई ६२४ जना, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ।
आउँदो चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ। सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन्। माघ ६ गतेभित्र १८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस