aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

विश्वका शक्तिशाली आर्थिक अबस्था भएका देशको मुद्रास्फ्रीति आकाशिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
विश्वका शक्तिशाली आर्थिक अबस्था भएका देशको मुद्रास्फ्रीति आकाशिदै

एजेन्सी । विश्वभरीको मुद्रा स्फ्रीति आकासिने क्रम बढेको छ । भारतमा उपभोक्ता मूल्य सूचकांक (सीपीआइ) को आधारित खुद्रा मुद्रास्फीति हाल ४.९ प्रतिशतमा छ । थोक मूल्य सूचकांकमा आधारित थोक मुद्रास्फीति गत महिना १४.२३ प्रतिशत रहेको थियो किनभने यो तीन दशकभन्दा बढीको उच्च स्तर हो । यसअघि सन् १९९२ अप्रिलमा थोक मुद्रास्फीति १३.८ प्रतिशत थियो । 

त्यस्तै, गत महिना अमेरिकामा मुद्रास्फीति दर ६.८ प्रतिशत थियो, जुन करिब ४० वर्षयताकै उच्च स्तर हो । बेलायतमा मुद्रास्फीति एक दशकभन्दा अघिको भन्दा बढी ४.२ को उच्च स्तरमा छ  । फ्रान्समा पनि अवस्था लगभग उस्तै छ ।  जहाँ मुद्रास्फीति नोभेम्बरमा ३.४ प्रतिशतले एक दशकभन्दा बढी उच्चमा रहेको छ ।

त्यस्तै, गत महिना जापानमा थोक मुद्रास्फीति पनि ४० वर्षकै उच्च विन्दुमा पुगेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा गत महिना मुद्रास्फीति ५.२ प्रतिशतमा २९ वर्षकै उच्च थियो । त्यस्तै, टर्कीमा वार्षिक मुद्रास्फीति दर २०२१ को नोभेम्बरमा २१.३१  प्रतिशतमा पुग्यो जुन अघिल्लो महिनाको १९.८९ प्रतिशत थियो र २०.७ प्रतिशतको बजार अपेक्षा माथि थियो । 
 

प्रतिक्रिया दिनुहोस