aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नामी कलेजको दीक्षान्त कार्यक्रम, नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
नामी कलेजको दीक्षान्त कार्यक्रम, नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारी

काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा रहेको नामी कलेजले  बुधबार आफ्ना विभिन्न संकायका विद्यार्थीहरुलाई दीक्षान्त समारोह आयोजना गरेको । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गतका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । 

यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसीको विशेष अतिथिका रुपमा उपस्थित रहेको थियो । भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले अध्यक्षता गरेकी थिइन । काठमाण्डौको होटेल याक एन्ड यतीमा सम्पन्न भएको कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति रहेको थियो । 

नेपालमा नै विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आएको यस कलेज नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको कलेजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस