aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

म्याक्रोँ र द्रघीको यूरोपेली वित्तीय नियम सुधारको लागि आह्वान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ पुस २०७८
म्याक्रोँ र द्रघीको यूरोपेली वित्तीय नियम सुधारको लागि आह्वान

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र इटालीका प्रधानमन्त्री मारियो द्रघीले कर्जा घटाउनु पर्ने आवश्यकतालाई स्वीकार गर्दै अधिक लगानी खर्च गर्न अनुमति दिनका लागि आफ्नो वित्तीय नियममा सुधार गर्न बिहीबार ईयूलाई आह्वान गरेका छन ।

दुई नेताले फाइनान्सियल टाइम्स वेबसाइटमा प्रकाशित संयुक्त स्तम्भमा लेखेका छन्, “एकातिर महामारी पहिलेका वित्तीय कानूनले महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधारका लागि सहयोग गर्न बाधा पर्याको छ भने अर्कोतिर यसले हामीलाई सबै आवश्यक लगानी गर्नबाट रोकेको छ । यसो हुनु विकासको गतिलाई बाधा पर्याउनु हो ।

म्याक्रोँले फ्रान्सले यूरोपेली संघको प्रमुख पदको कार्यभार आगामी महिनादेखि सम्हाल्ने र उनको नेतृत्वमा तथाकथित मास्ट्रिच मापदण्डको सुधारलाई आफ्नो प्राथमिकतामध्ये एक बनाउने विचार गरेको यही डिसेम्बर डिसेम्बर ९ मा बताइसकेका थिए । सदस्य मुलुकको सार्वजनिक घाटा आफ्नो कुल गार्हस्थ उत्पादनको ३।० प्रतिशतभन्दा बढी हुन नहुने नियम पुरानो भएको उनको तर्क थियो । 

महामारी पश्चात असाधारण पुनः स्थापना बजेट अपनाउने सन्दर्भमा शंका व्यक्त गरेका यूरोपेली संघका सदस्यहरूलाई सम्बोधन गर्दै अहिले आफ्नो इटालेली समकक्षको समर्थन पाएका म्याक्रोँहले बिहीबार आफ्नो अडान दोहो¥्याउनुभएको छ । जर्मनीका नयाँ चान्सलर ओलाफ सोल्जले वित्तीय नियमको सम्भाव्य सुधारको बारेमा कुनै प्रतिक्रिया दिएका छैनन । 

“हामीले आफ्नो ऋणको स्तर लाई कम गर्नुपर्छ भन्ने कुरामा कुनै शंका छैन तर हामी उच्च कर वा सामाजिक खर्चमा अटुट कटौतीद्वारा यसो गर्ने आशा गर्न सक्दैनौं न त असह्य वित्तीय समायोजनद्वारा वृद्धिलाई निसासिन दिनसक्छौं,” दुई यूरोपेली नेताको लेखमा भनिएको छ । 

उनहरूको तर्क छ, “हाम्रो वित्तीय सार्वभौमिकता सुनिश्चित गर्न भविष्यको लागि हामीले अझ पर्याप्त खर्च गर्नुपर्छ । वर्तमान् वित्तीय कानूनलाई अद्यावधिक नगरी महामारीका कारण प्रभावित अर्थतन्त्रले गति लिन असम्भव हुनेछ ।” 

म्याक्रोनको कार्यालयका अनुसार, फ्रान्सेली नेताले यूरोपीय संघका राज्य प्रमुखहरू र सरकारप्रमुखहरूको अनौपचारिक शिखर सम्मेलनले ‘लगानीको आवश्यकताको परिमाणित अनुमान’ तयार गर्न सक्ने आशा गरिरहेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस