aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने

बर्लिन । जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताृनुभएको छ । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, “बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु¥्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ । 

बायरबोकले संवाददाताहरूसँग भने, “हाम्रो नजरअगाडि अफगानिस्तान हाम्रो समयको सबैभन्दा भयावह मानवीय विपत्तितिर लम्किरहेको छ ।” “अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ढलेका छन्, थुप्रै मानिसहरू भोकभोकै छन् । निराश भएका परिवारहरूले आफ्ना छोरीहरूलाई खाना किन्न बेचिरहेका छन् भन्ने कुराले कसको मन नछोला र रु”

यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । “हामीले कुनै कदम नचालेका कारण सयौं हजार बालबालिका मृत्युको मुखतिर धकेलिइरहेका छन्,” बायरकोकले भने ।

मानवीय सहायता अफगानिस्तानमा पुग्न सकोस् र विशेष गरी देशलाई सुरक्षाको खाँचोमा परेकाहरूलाई ल्याउन सकियोस् भनी बर्लिनले आफ्ना अन्तरराष्ट्रिय साझेदारहरूसँग छलफल चलाउने उनले बताए । जर्मनीले आफ्नो दुई दशक लामो सैन्य सहभागिताको अन्तमा भाग लिन सहमत भएका लगभग १५ हजार मानिसहरू अझै पनि उद्धारको प्रतीक्षामा अफगानिस्तानमा थिए भन्ने विषयलाई बिर्सने छैन । उनले भने, “उनीहरूलाई उद्धार गर्नु बर्लिनको लागि ‘उच्च प्राथमिकता’ हुनेछ ।” 

यी प्रयासको केन्द्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् हुनुपर्ने उनको धारणा थियो । बुधबार तालिबानको हातबाट कोष बाहिर राख्ने प्रयास गर्दै मानवीय सहायतालाई हताश अफगानीहरूसम्म पुग्न मदत गर्न अमेरिकाद्वारा प्रस्तावित प्रस्तावनालाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सर्वसम्मतरूपमा पारित गरेको छ । 

अगस्तमा तालिबान सत्तामा फर्केपछि संयुक्त राष्ट्रसंघले सहायता निर्भर अफगान अर्थव्यवस्थाको लागि ‘अपूर्व वित्तीय झट्का’ भनेको थियो । लामो समयपछि सत्तामा आएको तालिवान समूहप्रति अविश्वास गर्दै अमेरिका तथा केही पश्चिमी मुलुकले अरबौं डलर सहायतालाई रोकेको छ भने अफगानिस्तानको विदेशमा रहेको सम्पत्ति रोक्का गरेको छ ।एएफपी

प्रतिक्रिया दिनुहोस