aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मन्त्रीपरिषदका निर्णयः विदाका दिनमा सार्वजनिक बिदादेखि लगानी प्रवद्र्धन कोष स्थापना गर्नेसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
मन्त्रीपरिषदका निर्णयः विदाका दिनमा सार्वजनिक बिदादेखि लगानी प्रवद्र्धन कोष स्थापना गर्नेसम्म

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।  शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले  सार्वजनिक बिदा दिने बताएका हुन । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले क्रिसमस डे अर्थात भोलि शनिबार पनि विदा दिने भएको छ । विहीबार बसेको मन्त्रिपरिषदको निर्णयमा पुष १० गते शनिबार क्रिसमस डेका दिन विदा दिइने उल्लेख भएको छ ।  

त्यस्तै बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्नधन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ।

‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्नद्ध कोष स्थापना गर्ने। विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने। संघठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने, जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।  हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने  निर्णय भएको उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस