aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बागमती प्रदेशमा ६ मन्त्रीले लिए सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
बागमती प्रदेशमा ६ मन्त्रीले लिए सपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराउनुभएको हो ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन  मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले सपथ लिएका हुन । 

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका छन । राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक संसद्मा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य हुनुभएको थियो । मकवानपुर चितवनलगायत जिल्लामा चेपाङ जातिको बसोबास रहेको छ ।
 
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयमा मन्त्री नियुक्त हुनुभएको छ भने अन्य चार जना राज्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस