aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

भारतका एक व्यापारीको घरबाट बरामद भएको रकम देखेर अनुसन्धान अधिकृत छक्क परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० पुस २०७८
भारतका एक व्यापारीको घरबाट बरामद भएको रकम देखेर अनुसन्धान अधिकृत छक्क परे

एजेन्सी । भारतको कानपुरमा परफ्युम व्यापारी पियुष जैनको घरबाट १७७ करोड रुपैयाँ बरामद भएको छ । केन्द्रीय अप्रत्यक्ष कर र भन्सार ब्यूरो (सीबीआइसी) र आयकर विभाग (आइटी) का अधिकारीहरू पनि छापा मारेर यति धेरै नगद भेटिएपछि छक्क परेका छन् । बरामद भएको रकम गणना गर्न १३ वटा मेसिनले ३६ घण्टा लगातार काम गर्नुपरेको थियो । एक वरिष्ठ अधिकारीले आफ्नो काममा यति धेरै नगद कहिल्यै नदेखेको बताए।

शुक्रबार दिउँसो १ बजेसम्म जैनको घरबाट आरबीआईको चेष्टमा नोट पुर्याउने काम चलेको थियो । नगद ४२ ठूला बाकसमा भरिएको थियो र कन्टेनरहरूमा प्रहरी सुरक्षामा पठाइएको थियो । जैनको घरबाट धेरै मूल्यवान सुनका गहनाहरू पनि भेटिएका छन् । यी बक्सहरूमा सिल गरेर ढुवानी गरिएको छ । लकरसँगै केही कागजपत्र समेत बरामद गरिएको छ । 

पियुष जैनको घरमा भेटिएको नगद आरबीआईको चेष्टमा लैजान एउटा कन्टेनर आदेश दिनुप¥यो, टोलीले नगद बाकस राखेर सिल गरेको थियो । पियुष जैनको घरमा भेटिएको नगद आरबीआईको चेष्टमा लैजान एउटा कन्टेनर आदेश दिनुप¥यो । टोलीले नगद बाकस राखेर सिल गरेको थियो । 

प्रतिक्रिया दिनुहोस