aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

नेपालका दललाई गलपासो बन्दै एमसिसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० पुस २०७८
नेपालका दललाई गलपासो बन्दै एमसिसी

काठमाडौं । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) गलपासो बन्दै गएको छ । सत्तामा रहेका बेलामा पास गर्छुभन्ने दलले बाहिर बसेर विरोध गर्ने गरेका छन् भने सत्तामा रहेका दलहरुबीचमा पनि एक मत नहुँदा एमसीसी अहिले नेपालक लागि नै गलपासो बन्ने सम्भावना देखिएको छ । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”
    
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पु¥याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छ ।  गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए ।
 
 “यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो”, गृहमन्त्री खाँणले भने, “एमसिसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ ।”
 
एमसिसी सम्झौतालाई टुङ्गोमा पु¥याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन् । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो । फरक प्रसङ्गमा उनले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए । 

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको बताएका छन । राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समिति इन्चार्ज शिपी शर्मा, नेकपा (मसाल) कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवरले उपस्थित रहेका थिए । 

त्यस्तै, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माले)का कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवरलगायतले एमसीसी देशको हितमा नभएको बताएका छन् ।

एम. सी. सी. को बिरोध किन ? : हरि रोकाको लेख

 

प्रतिक्रिया दिनुहोस