aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

१९६२ पछि सबैभन्दा बढी विवाद भएको यो वर्ष भारत र चीनको व्यापार उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
१९६२ पछि सबैभन्दा बढी विवाद भएको यो वर्ष भारत र चीनको व्यापार उच्च

एजेन्सी । भारत र चीनबीचको व्यापारले यो वर्ष रेकर्ड ब्रेक गरेको  छ । जनवरी १ र नोभेम्बर ३०, २०२१ को बीचमा, दुबै देशहरूमा ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको थिया । जुन अघिल्लो वर्षको तुलनामा ४६.४ प्रतिशत बढी हो । ११ महिनामा भारतबाट चीनमा ६.५९ लाख करोड रुपैयाँ भारुको बराबरको निर्यात गरेको छ । गत वर्षभन्दा करिब ४९ प्रतिशत बढी सामान चीन निर्यात भएको छ । 

चीनले भारतबाट कुल १.९८ लाख करोड रुपैयाँ लिएको छ । सामानहरू जुन गत वर्षको तुलनामा ३९.५ प्रतिशत बढी हो ।  यसका बावजुद भारतको व्यापार घाटा बढेर ४.६१ लाख करोड पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

दुई देशबीचको कीर्तिमानी व्यापारको यो आंकडाले विश्वलाई नै आश्चर्यचकित तुल्याएको छ ।  किनकी गत वर्षदेखि दुबै देशका सिमामा तनाव बढेको छ । दुवैतर्फ ५०–५० हजारभन्दा बढी सैनिक तैनाथ छन् । यो संख्या सन् १९६२ को युद्धपछिकै उच्च हो ।

सन् २०२० मा चीनसँग भारतको व्यापार ८७.६ बिलियन डलर  थियो । जसमध्ये करिब ५० अर्ब २८ लाख डलर चीनबाट भारत आयात भएको थियो । यसअघि सन् २०१९ मा भारतले चीनबाट सबैभन्दा बढी विद्युतीय मेसिनरी तथा उपकरण २०.१७ अर्ब डलर आयात गरेको थियो ।  भने अर्गानिक रसायन ८ अर्ब ३९ अर्ब डलर, मल १ अर्ब ६७ करोड डलर भारतको सबैभन्दा बढी आयात भएको थियो । 

भारतबाट चीनको निर्यातमा मुख्यतया फलाम, पेट्रोलियम इन्धन, अर्गानिक रसायन, रिफाइन्ड कपर, कपासको धागो रहेको छ । यसबाहेक निर्यात हुने खाद्यवस्तुमा माछा तथा समुद्री खाना, कालो मिर्च, वनस्पति तेल, बोसो आदि प्रमुख छन् । ग्रेनाइट ब्लक र अन्य भवन ढुङ्गा र कच्चा कपास पनि निर्यात गरियो । 
 

प्रतिक्रिया दिनुहोस