aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

कामपाको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
कामपाको प्रमुख प्रशासकीय अधिकृतमा पौड्याल

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन ।

मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार सुनिश्चत गर्न सक्दो प्रयास गर्ने बताए । 

सो अवसरमा प्रशासन विभागका प्रमुख महेश काफ्लेले पौड्यालको अनुभवबाट काठमाडौँ महानगरको सार्वजनिक छवि अझ राम्रो बनाउन सहयोग पुग्ने उल्लेख गरे । विसं २०५३ मा शाखा अधिकृतबाट सेवा प्रवेश गरेका पौड्याल २०६१ सालमा उपसचिव र २०७० सालमा सहसचिव भएका हुन । उनले स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, नगरपालिकामा कार्यकारी अधिकृत, प्रदेश मन्त्रालयको सचिवसहित विभिन्न पदमा रही काम गरिसकेका छन। 

प्रतिक्रिया दिनुहोस