aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

फ्लाइओभर निर्माणको लागि ८ निर्माण कम्पनीले प्रस्ताव

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, १२ पुस २०७८
फ्लाइओभर निर्माणको लागि ८ निर्माण कम्पनीले प्रस्ताव

काठमाडौं । नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । 

७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओभर निर्माण गरिने विकास केन्द्रको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस