
एजेन्सी । हालै भारतीय मूलकी लीना नायर च्यानलकी सीईओ बनेकी छिन् । भारतीय महिलाहरूले प्राविधिक क्षेत्रमा पनि आफ्नो छाप छोडिरहेका छन् ।
जसमा कम्प्युटर नेटवर्किङ फर्म अरिस्ताकी सीईओ जयश्री उल्लाल, इलेक्ट्रोनिक्स निर्माता कम्पनी फ्लेक्सकी सीईओ रेवती अद्वैती र अनलाइन भिडियो प्लेटफर्म भिमियोकी सीईओ अञ्जली सुद रहेका छन् । यी बाहेक ड्रब्रिजकी कामाक्षी शिवकृष्णन र उबरकी कोमल मंगतानी पनि छन् ।
ड्राब्रिजका कामाक्षी शिवकृष्णन भन्छिन्,‘जसले मानिसहरूले विज्ञापनहरूसँग कसरी अन्तक्रिया गर्छन् भनेर बुझ्नको लागि एल्गोरिदमहरू निर्माण गरे । टोलीमा म मात्र महिला थिएँ । तर म विचलित भइनँ ।’
प्रतिक्रिया दिनुहोस