
एजेन्सी । भारतको कानपुरका अर्बपति अत्तर व्यापारी पियुष जैनको विभिन्न स्थानमा हालसम्म गरिएको छापामारीमा २५७ करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन चाँदी बरामद भएको छ ।
यससँगै धेरै महत्वपूर्ण कागजातहरू पनि फेला परेका छन् । ५० घण्टाभन्दा बढी लामो सोधपुछपछि आइतबार पक्राउ परेका पियुष जैनलाई सोधपुछका लागि काकादेव प्रहरी चौकीमा ल्याइएको थियो ।
पियुष जैनको परिसरमा हालसम्म गरिएको छापामारीमा २५७ करोड नगद, कयौं किलो सुन, १६ बहुमूल्य सम्पत्तिका कागजातहरू फेला परेका छन् । जसमा कानपुरमा ४, कन्नौजमा ७, मुम्बईमा २, दिल्लीमा १ सम्पत्ति रहेको समेत पत्ता लागेको छ । पियुष जैनले दुबईमा समेत दुईवटा घर किनेका छन् ।
प्रतिक्रिया दिनुहोस