aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

विहारका अर्बपति सांसदको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ पुस २०७८
विहारका अर्बपति सांसदको निधन

एजेन्सी । बिहारका ठूला राजनीतिज्ञहरू शोक ढुबेका छन् । बिहारको माटोबाट उठेका राजा महेन्द्र भनेर चिनिने जेडीयूका राज्यसभा सांसद तथा औषधि कम्पनी अरिस्टो फार्माका मालिक महेन्द्र प्रसादको निधन भएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले उनको निधनप्रति प्रतिक्रिया व्यक्त गर्दै जेडीयूका राज्यसभा सांसद महेन्द्र प्रसादको निधन प्रति दुःख व्यख्त गरेका छन् ।

मध्यरात करिब १२ः३० बजे दिल्लीको एपोलो अस्पतालमा उनको निधन भएको हो । उनको निधनले राजनीतिसँगै व्यापार जगतमा शोकको लहर छाएको छ । मुख्यमन्त्री नितिश कुमारले महेन्द्र प्रसादको निधनमा उनका भाइ र छोरालाई फोन गरेर शोक व्यक्त गरेका छन् । राजा महेन्द्र सुरुदेखि नै व्यापारिक सोचका थिए ।

 यसै सन्दर्भमा उनी युवावस्थामा मुम्बई गएका थिए । केही दिन काम गरेपछि उनले आफ्नो पहिलो औषधि कम्पनी एरिस्टो फार्मास्युटिकल्स खोलेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । पछि उनले मापरा ल्याबोरेटरीज प्रालिको नाममा अर्को कम्पनी खोले । उनको मृत्युपछि सबैको मनमा जान्नको चाहना छ । आखिर राजा महेन्द्रले आफ्ना प्रियजनका लागि कति सम्पत्ति छोडे ? 

राजा महेन्द्रले राज्यसभा चुनावका बेला सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४ हजार करोड रुपैयाँ भारुको सम्पत्ति रहेको लेखेका थिए । यससँगै दिल्लीको बैंकमा उनको कुल सम्पत्ति १३ सय करोड रुपैयाँ नजिक रहेको बताइएको छ । योसँगै मुम्बईको बैंकमा ९०० करोड रुपैयाँ जम्मा गर्ने कुरा पनि शपथपत्रमा उल्लेख छ ।

 राजा महेन्द्र हतियारका ठूला शोखिन थिए । उनले एकभन्दा बढी पुरातात्विक हतियार आफूसँग राखेका थिए । उनी हतियारको शौकीन थिए र बारम्बार हतियार किन्ने गर्थे । 

प्रतिक्रिया दिनुहोस