aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सबैभन्दा बढी भ्रष्टचारी व्यक्तिको नाम सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ पुस २०७८
सबैभन्दा बढी भ्रष्टचारी व्यक्तिको नाम सार्वजनिक

एजेन्सी । विश्वमा सबैभन्दा बढी भ्रष्टचारी व्यक्तिको नाम सार्वजनिक भएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले सार्वजनिक गरेको उक्त सूचीमा बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेका छन । 

टप अन्य चारको नाममा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज रहेका छन ।

सीसीआरपीका अनुसार पत्रकार र जानकारहरुको एक प्यानलले यो फैसला गरेको हो र लुकाशेकोको नाम सर्वसम्मतिले चुनिएको हो । सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । 

सबैभन्दा बढी भ्रष्टाचार गर्ने व्यक्ति लुकाशेकोमाथि आफ्ना नजिकका मानिसलाई सरकारी पैसा दिएको आरोप लगाएको छ । उनीमाथि हजारौँ शरणार्थीलाई भड्काएर युरोपेली संघका साथ सीमा सङ्कट उत्पन्न गराएको आरोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस