
एजेन्सी । रिलायन्स इन्डस्ट्रिजको अध्यक्ष मुकेश अम्बानीले पहिलो पटक आफ्नो समूहको उत्तराधिकारीको घोषणा गरेका छन् । मुकेश अम्बानीले नयाँ पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । उनले आफ्ना छोरा आकाश र अनन्त र छोरी ईशालाई अब आफ्नो उत्तराधिकारीका रुपमा तयार भएको घोषणा गरेका छन् । उनले आफ्ना उत्तराधिकारका रुपमा उनीहरुलाई प्रस्तुत गर्दै भने, ‘नयाँ पीडिले हामीले भन्दा रााम्रो गरिरहेका छन् ।’
मुकेश अम्बानीले रिलायन्सका संस्थापक धीरुभाई अम्बानीको जन्मदिनको अवसरमा आयोजित पारिवारिक समारोहमा बोल्दै आफना नयाँ उत्तराधिकारीको घोषणा गरेका थिए । उनले भने, “युवा पुस्ता अब नेतृत्वको भूमिका निर्वाह गर्न तयार छ । अब म उत्तराधिकारको प्रक्रियालाई तीव्रता दिन चाहन्छु । हामीले नयाँ पुस्तालाई मार्गदर्शन गर्नुपर्छ । उनीहरू सक्षम हुनुपर्छ । उनीहरूलाई प्रोत्साहन दिनुपर्छ । पुरानो पीडिले उनीहरुले गरेका राम्रा काममा बसेर ताली बजाउनुपर्छ । किनभने उनीहरूले उत्कृष्ट प्रदर्शन गर्छन् ।’
६४ वर्षीय अम्बानीले सन् २००२ मा आफ्नो बुबाको मृत्युपछि रिलायन्सको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनका तीन छोराछोरी आकाश, ईशा र अनन्त रिलायन्सको टेलिकम, रिटेल र इनर्जी व्यवसायमा संलग्न छन् । तिनीहरूमध्ये कोही पनि रिलायन्सको बोर्डमा छैनन् । तर तिनीहरू कम्पनीको प्रमुख भर्टिकलहरूमा निर्देशकहरू छन् । उनले आकाश, ईशा र अनन्तले आगामी पुस्ताका नेता बनेर रिलायन्सलाई अझ उचाइमा पु¥याउनेमा कुनै शंका नभएको बताए ।
यो ठूलो अवसरको फाइदा उठाउने र रिलायन्सको भविष्यको विकासको लागि जग राख्ने समय आएको उनले बताएका छन । रिलायन्स कपडा कम्पनीको रूपमा सुरु भयो । अहिले विभिन्न व्यवसायमा संलग्न छन् । यसको तेलदेखि केमिकल कम्पनी अहिले रिटेल, टेलिकम, ई–कमर्स जस्ता क्षेत्रमा नम्बर एक बनेको छ ।
उनले भने, ‘हामीले ऊर्जा व्यवसायलाई पूर्णरुपमा परिमार्जन गरेका छौं । रिलायन्स अब स्वच्छ र हरित ऊर्जा र सामग्रीमा विश्वव्यापी नेता बन्न तयार छ । हाम्रो सबैभन्दा पुरानो व्यवसायको यो रूपान्तरणले हामीलाई रिलायन्सको लागि सबैभन्दा ठूलो वृद्धि इन्जिन प्रदान गर्नेछ ।’
भारतको धितोपत्र बजारको नियामक नियका सेक्यूरिटी बोर्ड अफ इण्डिया(सेवी)ले अप्रिल २०२२ मा सूचीकृत कम्पनीहरूको अध्यक्ष र प्रबन्ध निर्देशकको पदहरू छुट्याएर विवरण बुझाउने अन्तिम मिति अघि आएको छ । बजार नियामक सेबीले सूचीकृत कम्पनीहरूलाई नयाँ मापदण्डहरू पालना गर्न म्याद थप गरेको छ । यसका अध्यक्ष अजय त्यागीले मङ्गलबार उद्योगलाई अध्यक्ष र प्रबन्ध निर्देशकको पद छुट्याउन पर्याप्त समय दिएको बताए ।
प्रतिक्रिया दिनुहोस