aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

व्यवसायीले नै हेटौंडा बजार बन्द गराए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
व्यवसायीले नै हेटौंडा बजार बन्द गराए

    हेटौंडा । सरकारले ल्याएको नयाँ कर नीतिका विरुद्ध व्यवसायीले हेटौंडा बन्द गराएका  छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना मंगलबार विहानबाट हेटौंडा बजार बन्द गरिएको हो ।
सरकारले साउन १ गतेबाट लागू गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को विरोधमा हेटौंडा बजार बन्द गरिएको हो ।
    सरकारको लागू हुने गरी गरेको निर्णयले उद्योग व्यवसायमा काम गर्ने मजदूरले प्यान नम्बर लिनुपर्ने, सानादेखि ठूला व्यवसायी यसको मारमा पर्ने भएकाले बजार बन्दसम्मको विरोधमा उत्रनुपरेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताए । 
 

प्रतिक्रिया दिनुहोस